
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक दिउँसाे १२:३० बजे सिंहदरबारमा बस्नेछ ।
निलम्बित प्रधानन्यायाधीश जबराले आजको बैठकमा पनि बयान दिने भएका छन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।
समितिको भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जवराको भदौ १५ गतेदेखि समितिमा बयान लिन सुरु गरेकाे थियो । जवराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।












