Logo
Logo

गृह र कानुनमन्त्रीले भेटे प्रचण्ड


10.1k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच समसामयीक विषयमा छलफल भएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफलले अझै निकास पाउन सकेको छैन । शीर्ष नेता कार्यदलले बुझाएको प्रतिवेदनसम्बन्धी छलफलमै सीमित देखिएका छन् । प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त हुँदैछ ।

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्