Logo
Logo

देशभरको मौसम बदली, अधिकांश क्षेत्रमा भारी वर्षा हुने


567
Shares

काठमाडौं । आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्