Logo
Logo

नारिता उडेको निगमको जहाजमा धुवाँ, आधा घण्टामै काठमाडौं फर्कियो


1.1k
Shares

काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा धुवाँ देखिएको छ ।

गएराति ११ बजे उडेको आरए ४३३ जहाज उडेको आधा घण्टामै जहाज काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

प्राविधिक जाँचपछि बुधबार बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्