
काठमाडौं । चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुले आज (बुधबार) भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
तीन दिने नेपाल भ्रमणमा रहेका लीसहितका प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन तथा भ्रमण गरेका हुन् । उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।
सभामुख अग्नि सपकोटाको निमन्त्रणामा औपचारीक भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनियाँ कांग्रेस अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, लगायत विभिन्न पार्टीका अध्यक्षसंग भेटवार्ता गरेका थिए ।
कांग्रेस अध्यक्ष लीले आज राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । उनले दिउँसो ४ बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपतिसंग भेटवार्ता गर्नेछन् ।















