Logo
Logo

राष्ट्रिय सभाबाट बीमा विधेयक पारित


1.1k
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ पारित भएको छ ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ । त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्