काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँट सहमति नजिक पुगेको बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे करिब ८० प्रतिशत सहमति भइसकेको बताएका हुन् ।

उनले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरे । राजनीतिक स्थिरता नदिई देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए।
सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ ।












