
काठमाडौं । प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन ।
सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते निर्वाचनको मिति तय गरे संगै निर्वाचन आयोले असोज २ र ३ गते समानुपतिक सांसदको बन्द सूची पेश गर्न भनिएको छ । साेही अनुसार आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।












