Logo
Logo

ओलीको प्रश्न- निर्वाचनमा जाँदा प्रतिगमन कहाँबाट आउँथ्यो ?


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको भन्दै निर्वाचनमा जानु प्रतिगमन नहुने दावी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको यस कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले गरेको संसद् विघटनको कदमलाई बचाउ गर्दै भने, ‘प्रधानमन्त्रीले निर्वाचन गर्ने अधिकार अन्य कतैबाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो ।’

ओलीले आफूविरुद्ध कस्ता कस्ता सेटिङ भएका भन्दै प्रश्न गरे, ‘तीन दिनमा हट्न पर्ने किन स्थिति बन्यो ?’
राजनीतिक स्वार्थका कारण एउटा कोर्स लिइसकेको र थिति मिचेर गठबन्धन सरकार ल्याइएको उनको भनाइ थियो ।
ओलीले भने, ‘प्रतिनिधिसभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो ?’

प्रतिक्रिया दिनुहोस्