Logo
Logo

राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : राजेन्द्र महतो


882
Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले देशको चरित्र अझै पनि समावेशी हुन नसकेको बताएका छन् ।

राजनीतिक क्रान्ति र विभिन्न चरणमा भएका विद्रोहको बलमा स्थापित राज्य संरचनामा अझै पनि विभेद रहेको उनको भनाइ रहेको छ ।

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेता महतोले भने– ‘वर्तमान राज्यव्यस्थाको परिकल्पना र चरित्र असमावेशी होइन । तर, व्यवहार  अझै पनि समावेशी हुन सकेको छैन । यस विषमा गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।’

नेता महतोले प्रतिनिधिसभाले अपेक्षाकृत काम गर्न नसकेको समेत टिप्पणी गरेका छन् । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट पार्नुपर्ने उल्लेख गर्दै भने– ‘प्रतिनिधिसभाले गरेका काम जनताले महसुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्