Logo
Logo

भीमफेदी दुर्घटना अपडेट- सात जनाको मृत्यु



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट फाखेल–कुलेखानी–भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा. ३ ख ७८५८ नम्बरको बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो ।

बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

हालसम्म मृतकको पहिचान हुन नसकेको उनले बताए । दुर्घटनामा परी दर्जनौँ घाइते भएका छन् । प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्