Logo
Logo

प्रहरी मिलेमतोमा अपराध बढेको भन्दै कोहलपुरमा डिएसपीमाथि आक्रोश




कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीकै संरक्षणमा अपराध बढेको भन्दै स्थानीय नेता तथा व्यवसायीले प्रहरीको कार्यशैलीको आलोचना गर्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकमा स्थानीयले प्रहरीमााथि आक्रोश व्यक्त गरेका हुन् ।

कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा नेपाली कांग्रेसका प्रतिनिधि वीरेन्द्र शाह, नगरपालिकाका अधिकृत कर्ण बहादुर थापा, माओवादी केन्द्र कोहलपुर नगरपालिकाका कार्यवहाक अध्यक्ष अबिरल खड्का, होटल ब्यबासायी संघ कोहलपुरका अध्यक्ष मोहन रिजाल, कोहलपुर नगर बिकास समितिका बोर्ड सदस्य मोहन चापागाई लगायतले बोलेका थिए । जसमा अधिकाशले प्रहरीको कमजोरीले अपराध बढेको बताएका छन् इप्रका कोहलपुरका डिएसपी ऐन मल्ल समेत सहभागी सो कार्यक्रममा उनको आलोचना भएको थियो । पछिल्लो समय कोहलपुर छेत्रमा बड्दै चोरी तथा लुटपाटका घटना बढेको उनीहरुको भनाई थियो ।

इप्रका कोहलपुरबाट सादा पोसाकमा खटिएका प्रहरीले नै पैसा असुलेर अपराधिक तथा अवैध गतिविधिमा संलग्नलाई संरक्षण दिएको उनीहरुको आरोप थियो । पछिल्लो समय कोहलपुर ५, कोहलपुर ८ लगायत स्थानमा श्रृङखलाबद्ध चोरीका घटना भएकोमा प्रहरीले पक्राउ गर्न सकेको छैन । लागूऔषध कारोबारीसँग समेत प्रहरी मिलेकाले खुलेआम कारोबार हुन थालेको बताइएको छ । त्यस्तै, नदीमा दोहन बढ्दा प्रहरीका घुमुवाले पैसा उठाएर संरक्षण दिएको स्थानीयको् आरोप छ । अवैध धन्दा हुने होटललाई संरक्षण गर्ने र अन्यलाई पैसा नबुझाउदा दुःख दिने गरेको स्थानीय होटल व्यवसायीको गुनासो थियो ।
डिएसपी मल्ल पैसा बुझाएर इप्रकामा गएकाले उनी सुरुदेखि नै कमाउ धन्दामा छन् । इन्सपेक्टर हुँदा बाँके ट्राफिकको प्रमुख रहेका उनी बढुवा लगत्तै कोहलपुर पुगेका थिए । जिल्लाका एसपी श्याकृष्ण अधिकारी समेत सरुवा रोकेर कमाउ धन्दामा लागेकाले पछिल्लो समय बाँकेमा अपराध र तस्करी फस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्