
बागलुङ । अरिंगालको टोकाइबाट बागलुङ जैमिनी नगरपालिका-७ जैदिमा एक जनाको ज्यान गएको छ।
अरिंगालको टोकाइबाट स्थानीय ४३ वर्षीय ज्ञानबहादुर रानाको मंगलबार बिहान मृत्यु भएको हो। गए राति घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका राना अरिंगालले टोकेर घाइते भएका थिए।
स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्किएका उनको मंगलबार बिहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।












