काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
२३ दिनदेखि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना भएका जोशीको श्क्रबारदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको हो ।

अस्पतालले शनिबार विज्ञप्तिमार्फत जारी गर्दै जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । अस्पतालका अनुसार जोशीको छातीमा निमोनियाको संक्रमण र पिसाबको संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी छ । अहिले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।












