Logo
Logo

केन्द्रीय सदस्य बद्री न्यौपानेले छोडे एमाले


70.5k
Shares

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमालेले जनता समाजवादी पार्टीसँग गरेको निर्वाचन गठबन्धनप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् ।

नेता न्यौपानेले गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टीसँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको न्यौपानेले टिप्पणी गरेका छन् ।

एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज रहेका उनले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको संज्ञा दिँदै गठबन्धन विदेशी स्वार्थमा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्