Logo
Logo

शानदार विजय हासिल गर्नेमा म ढुक्क : रवीन्द्र मिश्र


882
Shares

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने दाबी गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रमा व्यस्त रहेका वरिष्ठ उपाध्यक्ष मिश्रलाई शुक्रबार चुनावी घरदैलो कार्यक्रमा जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? भन्ने प्रश्नमा आफू जस्तो मान्छे संसदमा पुग्नै पर्छ र पुर्याउनै पर्छ भन्ने भावना जनतामा सर्वत्र देखिएकाले लक्ष्य अनुसारको शानदार विजय हासिल गर्नेमा आफू ढुक्क रहेको जिकिर गरेका हुन् ।

उनले चुनावी घरदैलो कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै काठमाडौ क्षेत्र नम्बर १ मा पूरै भोट रवीन्द्र मिश्रमा केन्द्रित गर्नुपर्छ भन्ने भावना प्रवल भएर गएको देखिएको दाबी गरे ।

राजनीतिक दलहरूले कात्तिक १७ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै मिश्रले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । मिश्र काठमाडौंको क्षेत्र नम्बर १ बाट दोस्रोपटक संसदीय चुनाव लड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्