Logo
Logo

लुम्बिनी र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना


441
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पुवानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि मौसम सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र देशको अन्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।

भोली मंगलबार प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्