Logo
Logo

रुपन्देहीमा घरभित्रै मगर दम्पत्ति मृत भेटिए


378
Shares

रुपन्देही । रुपन्देहीमा एक दम्पत्ती आफ्नै घरभित्र मृत फेला परेका छन् ।

जिल्लाको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर मृत फेला परेका हुन् ।

श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहेका बोलिन्द्र चार दिन अघिमात्रै घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्