काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । आयोगको आचारसंहिता अनुगमन समितिले उनलाई फोनमार्फत यस्तो निर्देशन दिएको हो ।

डा कार्कीले आफूलाई आयोगको आचारसंहिता अनुगमन समितिबाट भनेर फोन घन्टीले ध्वनि प्रदूषण भएको भन्दै चुनाव प्रचार प्रसारमा घण्टी नबजाउन निर्देशन दिएको बताए । कार्कीले घण्टी बजाएको उजरी परेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।
कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ । यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन ।












