Logo
Logo

मोरङ-३ ‘क’मा निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक


693
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङ- ३ को ‘क’मा नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दिएका कांग्रेस नेता तथा प्रदेश–१ का वन वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितको नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगको अनुसार कात्तिक २४ र २५ गते उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ । मतदान भने मंसिर ४ गते नै हुनेछ ।

कांग्रेसका प्रदेशसभा सदस्य थापाको बुधबार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्