Logo
Logo

शम्भुजीतको ‘चौका दाउ’ले के गर्ला ?



काठमाडौं, २७ पुस । बरिष्ठ संगीतकार शम्भुजीत बासकोटा निर्मित फिल्म ‘चौका दाउ’ शुक्रबार आजदेखि सिनेमा हलमा लागेको छ । सामाजिक कथामा आधारित हास्यप्रधान ‘चौक दाउ’ले देशभरका करिब सात दर्जन सिनेमा हलमा एकसाथ रिलिज भएको हो ।
बास्कोटा यस फिल्मका परिकल्पनाकार एवं कथाकारसमेत हुन् । फिल्म रिलिज गवरेपछि बास्कोटाले भने, ‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौँ । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’
सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् ।
निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशँकर रिजाललगायत छन् ।
पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवती प्रतिको आकर्षण र त्यस्ले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्