Logo
Logo

खुल्ने कोशिस गर्दै टिक टक हिरोइन !



काठमाडौं, २७ पुस । नवोदित अभिनेत्री प्रियंका सिंह अभिनीत फिल्म ‘गरुड पुराण’ यही आउँदो ४ माघबाट रिलिज हुँदैछ । यो प्रियंको डेब्यु फिल्म हो ।
प्रियंका कसरी फिल्मी क्षेत्रमा प्रवेश गरिन् त ? भन्ने पनि निकै रोचक छ । नयाँ बानेश्वरकी प्रियंका अप्रत्यासित रुपमै फिल्ममा हिरोइन बन्न पुगेकी हुन् । सायद त्यो उनको लक पनि मान्न सकिन्छ ।
प्रियंकालाई टिक टकले फिल्ममा अभिनेत्री बन्ने अवसर जुराएको हो । हुन त पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा टिक टक भिडियोहरु भाइरल नै हुने गरेका छन् । यस्तै, प्रियंकाले म्युजिकल्ली टिक टकमा अभिनय गर्थिन् । त्यही भिडियो निर्देशक निर्देशक सुवास कोइरालाले देखेपछि ‘गरुड पुराण’मा डेब्यु गराएका हुन् ।
त्यतिबेला सैयौँं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मनपरेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हेरेर चलचित्र ‘गरुड पुराण’ मा चयन गरिएको हो ।

प्रियंकाका भनाइमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा छैन । ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’ उनले अनुभव सुनाइन् ।


फिल्म गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतयः फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पराउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाइलो महसुस भएको उनले बताइन् ।
कम बोल्ने स्वभावकी प्रियंका आफैंमा रमाउने गर्छिन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभावभन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्, ‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्रजस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरेँं । जसका कारण आजकाल अलिक खुल्ने कोशिस गर्र्दैछु ।’

प्रतिक्रिया दिनुहोस्