Logo
Logo

फिफा विश्वकप : इरानमाथि इंग्ल्यान्डको सानदार जित


441
Shares

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि दावेदार मानिएको इंग्ल्यान्डले सानदार जित निकालेको छ । सोमबार समूह ‘बी’ को पहिलो खेमाल इंग्ल्यान्डले इरानलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

इंग्ल्यान्ड पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा पनि तीन गोल थप्यो । इरानले दोस्रो हाफमा दुई गोल फर्कायो ।

इंग्ल्यान्डलाई सानदार जित दिलाउन बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वना सावित भयो ।

३५औं मिनेटमा बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा बुकायो गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनायो । पहिलो हाफमा इन्ज्युरी समयमा स्टार्लिङले गोल गर्दा पहिलो हाफमा इंग्ल्यान्डले ३-० को अग्रता लियो ।

पहिलो हाफमा तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा पनि तीनै गोल थप्यो । ६२औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४–० ले अघि बढाए । ६५औं मिनेटमा मेहदी तारेमीले इरानका लागि गोल फर्काए ।

७१औँ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै इंग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । खेलको ८९औं मिनेटमा ज्याक ग्रिलिसले अर्को गोल थपे ।

इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्दार अजमौनको प्रहार क्रसबारमा लाग्दा इरानले अग्रता कम गर्न सकेन । तर त्यसलगत्तै इरानले भीएआरको सहायताले पेनाल्टी प्राप्त गर्यो । मेहदी तारेमीले पेनाल्टीमा गोल गर्दै खेलला ६–२ को स्थितिमा ल्याए ।

इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत आज मध्यरात १२ः४५ बजे दोस्रो खेल हुँदैछ । उक्त खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्