Logo
Logo

सप्तरी-२ मा सीके राउतको जित सुनिश्चित


1.2k
Shares

काठमाडौं । सप्तरी क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर धेरै भएकाले उनको जित निश्चित भएको हो ।

सप्तरी क्षेत्र नं.२ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।

गणना जारी रहँदा राउतले ३४ हजार ३३७ मत पाएका छन्, जबकि उपेन्द्रको मत १६ हजार ६१४ छ । यो समाचार तयार पार्दासम्म यादव १७ हजार ९६० मत अन्तरले पछि परेका छन् ।

लोसपाका जयप्रकाश ठाकुरको मत ६ हजार ९६९ छ । अब गन्न बाँकी मत करिब २ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।

मतगणना अहिले जारी छ ।

प्रतिक्रिया दिनुहोस्