Logo
Logo

मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु


0
Shares

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

The current image has no alternative text. The file name is: madehs.jpg

मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१)को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी २०८३ मङ्सिर ४ गते शुक्रवार दिउँसो ४ बजेसम्म पेस गर्नुपर्नेछ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज सदनमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि पदबाट राजीनामा दिएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000