काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा ओली ५१ हजार ६१९ मतका साथ विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार २३१ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले २३ हजार २३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ ।
अध्यक्ष ओली यसअघि २०४८,२०५१, २०५६, २०७० र २०७४ यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।














