काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले ३ लाख एक हजार ५९८ मत पाएको छ भने नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत पाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ । राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।














