Logo
Logo

रोटरीमा हिरोतादाको भ्रमण



काठमाडौं । रोटरी क्लब अफ जापानका पूर्व डिष्टिक गभर्नर हिरोतादा येसिवकाले आइतबार बिहान रोटरी क्लब अफ काठमाडौं वेष्टको बैठकमा विशेष अतिथिका रुपमा सहभागी हुनुभयो ।

आफ्नो धर्मपत्नी किकुको येसिवकासँग नेपाल भ्रमणमा आउनुभएका हिरोतादाले काठमाडौं वेष्टले शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणका लागि गरेको राम्रो कामको सराहना गर्नुभयो । रोटरी क्लब अफ जापान–२६८० का पूर्व डिष्टिक गभर्नर येसिवकाले आफू १० वर्ष पछाडि नेपाल आउँदा काठमाडौं सहर पूरै परिवर्तन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘१० वर्ष अगाडि आउँदा काठमाडौंमा लोडसेडिङ थियो । होटलको बत्ती पटक–पटक निभ्थ्यो । सडक खाल्डाखुल्डी थियो । जताततै फोहर, धुलोमैलो थियो । यसपटक आउँदा राम्रो सडक, ठूला ठूला भवन, एयरपोर्टदेखि नै चिल्लो सडकले मन लोभ्यायो । काठमाडौं आधुनिक सहरतर्फ लम्किरहेको महसुस भयो ।’

उहाँले यसपटक रोटरी क्लबले अफगानिस्तानमा मानवीय संकट झेलिरहेको जनतालाई सहयोग गरेको बताउँदै रोटरीको ‘थिम’ अनुसार उत्कृष्ट काम गरेको छ भन्नुभयो । मैले आरआई प्रिसिडेन्ट जेनिफर ई. जोन्सको प्रतिनिधिको रुपमा जापानमा काम गरेको छु । उहाँले आरआई प्रिसिडेन्ट जेनिफरलाई स्वागत गर्न नेपाल आएको छु । नेपाल विश्वमै सुन्दर देश भएकोले नेपालको भ्रमण गर्दा मलाई खुबै आनन्द आउँछ ।

प्रतिक्रिया दिनुहोस्