Logo
Logo

सरिशाले जितिन् एसियामै उत्कृष्ट सबटाइटल उपाधि



काठमाडौं । ‘मिस अर्थ नेपाल–२०२२’ सरिशा श्रेष्ठले एसिया महादेशमै उत्कृष्ठ विधामा सबटाइटल उपाधि प्राप्त गरेकी छन् ।
अन्तिम २० मा छनौट हुन नसकेपनि ‘मिस नेपाल अर्थ’ श्रेष्ठले सिंगो एसिया महादेशकै उत्कृष्ठ सबटाइटल हासिल गरेकी हुन् ।

फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न ‘मिस अर्थ वल्र्ड’मा सरशिाले प्रस्तुत गरेको इको–भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् । जसलाई अत्याधिक रुचाइएको थियो ।

प्रतियोगिमा ‘मिस अर्थ–२०२२’ को उपाधि भने दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । मंगलबार राति आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले उनलाई ताज लगाइदिइन् । सोक्रममा पेजेन्टको सबटाइटल इको–भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको हो ।

संसारका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो । मिस अर्थको यो २२ औं संस्करण थियो जहाँ वातावरण संरक्षणका मुद्दाहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्