Logo
Logo

भारतीय अभिनेता ओबराय नेपालमा


1.1k
Shares

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय नेपाल घुम्न बुधबार काठमाडौं आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरैपटक आइसक्नुभएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले पाराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000