Logo
Logo

कलाकारको भाउ कति ?


- एमपी सुब्बा


– एमपी सुब्बा

‘के कलाकारको पारिश्रमिक भाउ फिल्मी प्रचारको अस्त्र बन्न सक्छ ?’ करिब दुई वर्षअघि भारतका प्रख्यात फिल्म निर्माता महेश भट्टले बलिउडकर्मीलाई ब्यंग्य गर्दै भनेका थिए, ‘के उनीहरुले प्रचार गरेजस्तै पारिश्रमिक पाएकै छन् होला ?’ जतिखेर बलिउडका अभिनेता÷अभिनेत्रीहरु पारिश्रमिक बढाउने प्रतिस्पर्धाको चरम उत्कर्षमा थिए ।

‘नाई नभन्नु ल’जस्ता सुपरहिट फिल्मको सिरीज निर्माण गर्दै आएका विकास आचार्य ‘हजार जुनीसम्म’मा आइपुगेर पछारिनुमा कलाकारको ‘भाउ’ र ‘स्डारडम’कै कारण हुनसक्छ । तर, अब फिल्मका निर्माता होइन, कलाकार थेचारिने समय आएको छ । त्यो कुरामा आफूलाई ‘स्टार’ ठान्नेहरुले सोच्ने बेला आएको छ । हुन त जहिले पनि पीडित हुने निर्माता नै हुन् । तर, पछिल्लो, समय जसरी निर्माता/निर्देशकले हिरो/हिरोइनलाई उक्साइरहेका छन्, त्यो कलाकारका लागि घातक छ । केही अपवाद हुन सक्ला, तर, अहिलेका जो ‘राईजिङ स्टार’हरुको पारिश्रमकिले नयाँ आउने निर्माता/निर्देशक तर्सिनेमात्र होइन, उनीहरुको ‘विकल्प’ खोज्न थालिएको छ ।

 

 

अभिनेता सलमान खानदेखि शाहिद अर्जन कपुरसम्मकाले आफ्नो ‘रेट’ बढाइरहेका बेला निर्माताहरु भने तिनै हिरोलाई आफ्नो फिल्ममा लिन मरिहत्ते गर्दैथिए । त्यसपछि फिल्ममा उनीहरु भन्थे, ‘यो फिल्मका लागि फलनाले यति लिए, उति लिए, यस्तै–यस्तै ।’ तर, उनीहरुको मौखिक प्रचारमा सत्यता प्रष्टाउने कुनै आधार हुँदैनथ्यो । त्यही भएर महेश भट्टले ब्यंग्य गर्दै भनेका थिए, ‘कलाकारको रेट बढ्दा फिल्म चल्छ ?’

भारतबाट प्रभावित नेपाली फिल्म क्षेत्रमा हिजोआज ठ्याक्कै त्यही संस्कृति चलेको छ । अर्थात्, आफ्नो फिल्म प्रचार गर्न निर्माता/निर्देशकहरु आफ्नो फिल्मका हिरो÷हिरोइनको पारिश्रमिकलाई प्रचारबाजीमा गर्दै आएका छन् । जसका कारण नेपाली फिल्मका हिरो÷हिरोइनले पारिश्रमिक कति भन्ने समेत बुझ्न गाह्रो छ । फिल्मकै निर्माताहरुलाई समेत हिरो/हिरोइनको रेट थाहा हुन्न । किनकि, कलाकारले एग्रिमेन्ट गरेअनुसार पारिश्रमिक समेत नपाएको थुप्रै उदाहरण छन् । तर, यस्तो अवस्थामा ‘फलाना हिरोले २० लाख लियो, अभिनेत्रीले १० लाख रुपैयाँ लिइन्’ भन्नु निर्माता÷निर्देशकका लागि त उचित होला । तर, कलाकारका लागि भने सस्तो प्रोपागाण्डा मात्र हो ।

एक उदाहरण हुन्, नेपाली फिल्मका अभिनेता आर्यन सिग्देल । अभिनेता भुुवन केसी, शिव श्रेष्ठ र राजेश हमालपछि आर्यनले नेपाली फिल्म क्षेत्रमा आफूलाई ‘सुपर स्टार’ मानेका थिए । निर्माता/निर्देशकहरु समेत आर्यनको समय पर्खेर फिल्म बनाउँथे । त्यसैको फाइदा लिँदै आर्यनले भाउ एक्कासी बढाए । करिब ढेड लाख रुपैयाँबाट ३ लाख रुपैयाँ र त्यसपछि क्रमशः उनले थप्दै गए । तर, त्यो बेला उनले सोचेनन्, ‘आफ्नो विकल्प खोज्नु निर्माता÷निर्देशक बाध्य हुनेछन्’ नभन्दै निर्माता/निर्देशकहरु आर्यनको विकल्प खोज्न थाले । त्यसपछि नै प्रदीप खड्का, अनमोल केसी, पुष्प खड्काहरु ‘स्टार’ भएर उदाए । र, आर्यन ओझेल पर्दैगए । बलिउडमा यस्तै अहंमताको शिकार भएका थिए, शहिद कपुर । बलिउडमा रातारात चम्किएका शाहिदको पछिल्लो समय बलिउडमा नाम–निशाना सुन्न छाडिएको छ । तर, यता नेपाली फिल्ममा भने आर्यनले आफूलाई पुनः पहिलेकै गतिमा ल्याउने प्रयास गरिरहेका छन् ।

कलाकारिता भनेको निरन्तरता पनि हो । निरन्तरता दिन सकेन भने दर्शकको मनबाट बाहिँदै जान्छ । एक समय चक्लेटी हिरोका रुपमा दर्शकले रुचाएका अभिनेता रमेश उप्रेतीको अवस्था त्यस्तै भएको छ । नेपाली फिल्ममा काम पाइरहेकै बेला उनी अमेरिका पलायन भएका थिए । पछिल्लो समय उनी फिल्म ‘ऐश्वर्या’बाट नेपाली दर्शकमाझ उदाउन खोजे तर, दर्शकले रुचाएनन् । जसले गर्दा उनको पछिल्लो फिल्म ‘ऐश्वर्या’ चलेन ।

यस्तै, पछिल्लो उदाहरण बने आर्यन सिग्देल पनि हुन् । आर्यन अभिनीत पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ सफल हुन सकेन । कारण उनको ‘ग्यापिङ’ नै हो । फिल्म ‘हजार जुनीसम्म’ रिलिजताका आर्यनले प्रमोसनमा ज्यान दिएर निर्माण टिमलाई सहयोग गरेका थिए । तर, फिल्म दर्शकले मन पराएनन् । फिल्म ‘हजार जुनीसम्म’मा आर्यनको स्थानमा प्रदीप खड्का वा अनमोल कोही भएको भए सायद चल्थ्यो होला । यो कुरा फिल्म रिलिज भइसकेपछि त्यसका निर्माता विकास आर्चायले पक्कै महशुस गरे होलान् ।

‘नाई नभन्नु ल’जस्ता सुपरहिट फिल्मको सिरीज निर्माण गर्दै आएका विकास आचार्य ‘हजार जुनीसम्म’मा आइपुगेर पछारिनुमा कलाकारको ‘भाउ’ र ‘स्डारडम’कै कारण हुनसक्छ । तर, अब फिल्मका निर्माता होइन, कलाकार थेचारिने समय आएको छ । त्यो कुरामा आफूलाई ‘स्टार’ ठान्नेहरुले सोच्ने बेला आएको छ ।

हुन त जहिले पनि पीडित हुने निर्माता नै हुन् । तर, पछिल्लो, समय जसरी निर्माता/निर्देशकले हिरो/हिरोइनलाई उक्साइरहेका छन्, त्यो कलाकारका लागि घातक छ । केही अपवाद हुन सक्ला, तर, अहिलेका जो ‘राईजिङ स्टार’हरुको पारिश्रमकिले नयाँ आउने निर्माता/निर्देशक तर्सिनेमात्र होइन, उनीहरुको ‘विकल्प’ खोज्न थालिएको छ ।

अभिनेता अनमोल केसीले ‘भाउ’ बढाउँदा जसरी सलिमान बानियाँजस्ता हिरो उदाए, त्यस्तै आना शर्माले केही निर्मातालाई समय नदिँदा साम्राज्ञी राज्यलक्ष्मी शाह उदाइन् । त्यसैले एउटा कलाकारले निरन्तर आफूलाई टिकाइराख्न ‘समय’ र ‘भाउ’मा ध्यान दिनुपर्ने हुन्छ । तर, एक्कासी फिल्म उदाउँनेवित्तिकै आफूलाई स्टार सम्झिने र निर्माता÷निर्देशकले आफ्नो फिल्म प्रमोशनका लागि ‘देखावटी भाउ’ राखिदिने यी दुईटा कारणले ‘विकल्प’हरु जन्मिँदै जानेछ । निर्देशकले आफ्नो फिल्म रिलिज हुने बेलामा आफ्ना हिरो÷हिरोइनलाई कसरी प्रयोग गर्नेछ भन्ने पछिल्लो उदाहरण ‘मारुनी’ पनि एक हो ।

उक्त फिल्मका निर्देशक नवल नेपालले ‘मारुनी’ रिलिज हुने बेलामा भने, ‘मेरो हिरोको पारिश्रमिक १० लाख रुपैयाँ हो ।’ आफ्नो फिल्मको प्रचार गर्ने अनेक प्रोपागाण्डामध्ये एक थियो त्यो उनको । त्यहीअनुसार फिल्म ‘मारुनी’ले खाशै सोचेजस्तो व्यापार गरेन । तर, फिल्ममा हिरो पुष्प खड्काको भाउ बाहिर ल्याएर अन्य नयाँ निर्माता÷निर्देशकलाई भने उनले तर्साइदिएका छन् ।

पुष्प खड्का म्युजिक भिडियोमा चलेका मोडल हुन् । तर, फिल्मका लागि खाशै रोजाइ बन्न सकेका छैनन् । पुष्पले सुरुमा फिल्मका काम नगर्ने समेत बताएका थिए । तर, अन्तिममा आएर उनले ‘मारुनी’मा काम गरेका थिए । यसैबेला निर्देशकले उनको मौखिकरुपमा ‘भाउ’ १० लाख तोकिदिए । यसले अहिले उनैलाई गाह्रो पारेको छ ।

यसरी कलाकारलाई निर्माता÷निर्देशकले ‘भाउ’ तोकिदिएर आफ्नो फिल्म प्रचार गर्ने दुस्साहस एक समय बलिउडमा खुबै चल्थ्यो । बलिउडमा मात्र नभएर हलिउडमा समेत त्यो चलन छ । तर, त्यहाँ कलाकारको ‘भाउ’ तोकेवापत निर्माताले आफ्नो फिल्मबाट त्यहीअनुसार व्यापारिक लाभ उठाउँदै आएका छन् भने अर्कातिर सरकारलाई समेत त्यहीअनुरुप कर तिर्ने गरेका छन् । तर, नेपाली फिल्ममा तोकिएका कलाकारको भाउ यु–ट्युब च्यानल र अनलाइन मिडियामा मात्र चर्चा हुने गरेको छ ।

फिल्म प्रचारको मुख्य हतियारका रुपमा यु–ट्युब च्यानल र अनलाइन मिडियाहरुलाई प्रयोग गर्न थालिएपछि कलाकारको ‘झुठो भाउ’ बढेको बढ्यै छ । यु–ट्युब च्यानलहरुले ‘फलाना फिल्मको हिरोले यति लाख लिए, लौ हेर्नुस् थप कुरा’जस्ता शीर्ष राखेर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि कलाकार र निर्माता÷निर्देशक दंग हुने नेपाली फिल्म क्षेत्रमा साँच्चीकै ‘स्टारडम’ भएका अभिनेत तथा अभिनेत्री को हुन् त ? त्यो छ्टयाउन सक्ने अवस्था समेत छैन । नेपाली फिल्म क्षेत्रमा एउटा हातको औँलामा अँटाउने ‘राईजिङ स्टार’हरु छन् । तिनलाई पनि निर्माता÷निर्देशकले उचालेर÷थेचारेर हैरान गर्दै आएका छन् ।

प्रदीप खड्का, अनमोल केसी, पल शाह, पुष्प खड्का, सलमान बानियाँ र आयुष्मान देशराज श्रेष्ठहरु नै हुन् अहिलेका ‘राईजिङ स्टार’हरु । त्यस्तै, अभिनेत्रीहरुमा साम्राज्ञी राज्यलक्ष्मी शाह, जसिता गुरुङ, मिरुना मगर, सुहाना थापाहरु हुन् । तर, अहिले उनीहरुकै ‘वनावटी भाउ’ सुन्दा नयाँ निर्माताहरु तर्सिने गरेका छन् ।

यहाँ आफ्ना मान्छेलाई बनावटी होस् वा देखावटी नै किन नहोस्, अरुभन्दा सुपर बन्ने चलन छ । गएको साता अभिनेत्री प्रियंका कार्कीले आफ्ना हुनेवाला श्रीमान आयुष्मानलाई प्रमोशन गरेको आरोप खेपेकी थिइन् । उनले त्यसको खुलेर प्रतिवाद गरिन् । तर, सत्य त्यो हो, यहाँ एकले अर्कालाई नफुर्काएसम्म स्टार बन्न गाह्रो छ । तर, हिरो÷हिरोइनको ‘रेट’ उचाल्दैमा फिल्म चल्छ भन्ने मानसिमकताचाहिँ गलत हो ।

प्रतिक्रिया दिनुहोस्