Logo
Logo

मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज


315
Shares

जनकपुरधाम । नवनिर्वाचित मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ ।

नवनिर्वाचित प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउन लागेका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा न्यौपानेलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

प्रदेशसभाका १०७ सदस्यमध्ये न्यौपाने सबभन्दा जेष्ठ रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जाकारी दिए । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् । उनले आज बाँकी १०६ जना प्रदेश सांसदलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्