Logo
Logo

नेपाल टेलिकमको ‘संविधान दिवस’ अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । नेपाल टेलिकमले ‘संविधान दिवस’ अफर सार्वजनिक गरेको छ । टेलिकमले संविधान दिवसका अवसरमा सम्पूर्ण ग्राहकको सुविधालाई ध्यानमा राखी १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक पाइने योजना सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत टेलिकमको डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न सकनेछ । योजना १ असोज १५ दिनसम्म लागू हुने बताइएको छ ।

योजनामा सहभागी हुन *1414*3# मा डायल गर्नुपर्ने कम्पनीले बताएको छ । साथै ३डि१जी लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्