Logo
Logo

दशैँ नजिकिँदै गर्दा नयाँ स्वादमा आयो ‘सोलमारी’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज । फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालीको महान चाड दशैँ नजिकँदै गर्दा सार्वजनिक गरिएको भिडियो समय सान्दर्भिक छ । गीत तथा भिडियोमा ‘सोल्मारी’ अर्थात रक्सीको चर्चा गरिएको छ ।
दर्जनौँ म्युजिक भिडियो निर्देशन गरिसकेका गुरुङले ‘सोलमारी’मा नयाँ कन्सेप्ट प्रस्तुत गर्ने प्रयास गरेका छन् । ‘सोलमारी’ बोलको यस गीतलाई गायक शेखर लामाले गाएका हुन् ।
दशैँमा मान्छेहरु सोलमारीमा रमाउने गरेका छन् । त्यसैले यो गीत तथा भिडियोले थप मनारञ्जन प्रदान गर्ने गायक लामा र निर्देशक गुरुङको दावी छ । ‘सोल्मारी’ बोलको यो भिडियो हेर्दा निकै रमाइलो लाग्छ ।
भिडियोमा तामाङ सेलोमा आधारित पप गीतमा तामाङ र गुरुङ संस्कृतिलाई एउटै गीतको कथामा उन्न खोजेको निर्देशक नबिन बाबु गुरुङले बताए । उक्त भिडियोलाई नबिनबाबु आफैले छायाँकन समेत गरेका हुन् । यस गीतमा जनक थोकरको शब्द र धन दोङ तामाङले संगीत गरेका छन् ।
भिडियोमा गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र मोडल हिस्सी साम्तेन लामाले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडियोमा जस्मिन मगरको नृत्य निर्देशन रहेको छ भने बिकाश धमलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्