काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई केन्द्रिय सचिवालय सदस्य मनोनित गरेको छ । नेता भुसालको मनोनयनलाई पार्टीको स्थायी कमिटीले अनुमोदन गरेको छ ।

शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीको बैठकले भुसालको मनोनयनलाई अनुमोदन गरेको महासचिव डा वेदुराम भुसालले जानकारी दिए । नेता भुसाललाई शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । नेता भुसाल शुक्रबारमात्रै स्वघोषणा गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।











