Logo
Logo

इटहरीमा फ्रि वाइफाइ सेवा


- दृष्टि न्युज/संवाददाता


सुनसरी । इटहरी उपमहानगरपालिकाले इटहरीका विभिन्न ठाउँमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ । सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी इटहरी मेनचोक, इटहरी बसपार्क, बूढीगंगा मुक्तिघाट, लक्ष्मीनारायण मन्दिर पचरुखीचोक, वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा बजार र तालतलैया पार्कमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको हो ।


इटहरीका अन्य ठाँउमा समेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर बनाउन फ्रि वाइफाइ सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ । फ्रि वाइफाइ सेवा उपलब्ध भएपछि सर्वसाधारण जनता खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्