Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

कांग्रेसलाई विपक्षी दलको मान्यतादेखि म्याच फिक्सिङसम्म


441
Shares

१, संघीय संसद् सचिवालयले कांग्रेसलाई दियो प्रमुख विपक्षी दलको मान्यता, कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएपनि कांग्रेसलाई विपक्षी दलको मान्यता ।


२, नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने, समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने कांग्रेसको माग, निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह, निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह ।


३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाल पक्राउ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन गर्ने क्रममा चुडाल समातिए, अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जानकारी ।


४, प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, प्रदेशहरू आफैमा स्वायत्त भएको र कसरी काम गर्ने भन्ने विषय संविधानमा सपष्ट भएकाले त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप नगर्ने, प्रदेशका संरचना बढी हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे आफू सचेत रहेको भनाइ ।


५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीमाथि भ्रष्टाचार मुद्दा दायर, प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोप, किर्त कागजात खडा गर्ने कार्यको मतियार बनेको भन्दै उनीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर, ‘नपाएको ओहदा पाएको’ भन्ने उजुरीमा अनुसन्धान गर्दा प्राध्यापक पदको कुनै उपाधी नपाएको देखिएको अख्तियारको भनाइ ।


६, सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भनाइ, समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव, मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने गर्न आग्रह ।


७, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन त्रिभुवन विश्वविद्यालय (त्रिवि)द्वारा ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन, विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन, समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी ।


८, पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई जिम्मा लगाइयो, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव जिम्मा लगाउन बाँकी, हराइरहेका दुई जनाको शव भने खोजी कार्य जारी ।


९, पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्टप र म्याच फिक्सिङमा कम्तिमा १० जनाको संलग्न भएको प्रहरीले निष्कर्ष, म्याच फिक्सिङमा चार नेपाल र ६ विदेशी खेलाडी संलग्न भएको सिआईबी ठहर, फिक्सिङको आरोपमा अलराउन्डर मोहम्मद आदिल आलम र पूर्व खेलाडी महबुब आलमला पक्राउ, अरुको खोजी हुँदै ।


१०, पाकिस्तानभरी बिजुली अवरुद्ध, विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित, तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक, राष्ट्रिय ग्रिडमा त्रुटि आएको कारण देशभर विद्युत अवरुद्ध भएको ऊर्जा मन्त्रालयद्वारा जानकारी ।

प्रतिक्रिया दिनुहोस्