काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले फुटबल खेल भइरहेको मैदानमा एक्कासि हेलिकप्टर लगेर अवतरण गराएका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाइएको जानकारी दिए ।

यही माघ ५ गते पाइलट डंगोलले स्याङ्जाको वालिङ ८ स्थित खेल भइरहेकै समयमा मैदानमा हेलिकप्टर अवतरण गराएका थिए ।
सो क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। डंगोलले यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको जवाफ दिएका थिए ।
आक्रोशितहरुले पाइलटमाथि समेत आक्रमण गरेका थिए । उनीमाथि आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ।











