Logo
Logo

बागमतीमा मिल्यो भागबन्डा, आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी



हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । सत्ता साझेदार दलहरुबीच भागबन्डा मिलेसँगै आज बेलुकासम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।

सत्ता साझेदार दलहरुबीच भएको सहमतिअन्ुसार नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ । यस्तै, एमालेले चार र राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई सरकारमा पठाउने भएको छ । भागबन्डा मिलेपनि मन्त्रालयलाई भने टुंगो लाग्न बाँकी रहेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

यस्तै, माओवादीले युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको छ । तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएको छ भने दुई जनाको नाम टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्