Logo
Logo

लुम्बिनीको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद उम्मेदवार



दाङ । लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् । बुधबार बिहान कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो ।

उनले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्दैछन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका रहेको बताए ।

यस्तै, सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्