Logo
Logo

ताप्लेजुङमा जलेर एक किशोरको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त क्षेत्रमा बिहीबारदेखि नै आगो लागेको थियो । शनिबार आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार ती किशोर मावलीघरमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्