Logo
Logo

३० लाखको सुन लुट्ने घुमुवा असई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असोज ।
महानगरीय प्रहरी परिसर काठमाडौं घुुमुवा असई प्रितम लामा आफैं प्रहरी हिरासतमा पुगेका छन् । करिब ३० लाख रुपैयाँ बराबरको सुन लुटपाट प्रकरणमा उनी पक्राउ परेका हुन् ।


परिसरले नै उनलाई मंगलबार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लुटपाट लगत्तै तामाङ फरार भएका थिए । राकेश तामाङसँग मिलेर उनले सुन लुटेका हुन् । दुवैविरुद्ध लुटपाटको मुद्दा चलाउने प्रहरी तयारी छ ।
पछिल्लो समय घुमुवाहरु अनेक अपराधमा संलग्न हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्