Logo
Logo

फेरि फिल्ममा लगानी गर्दै दिपक मनाङ्गे



काठमाडौं । राजिव गुरुङ (दिपक मनाङ्गे) पुनः फिल्म निर्माणमा फर्किएका छन् । ‘वान वे’ र ‘पोई पर्यो काले’ जस्ता नेपाली फिल्ममा लगानी गरिसकेका गण्डकी प्रदेशको प्रदेशसभा सदस्यसमेत रहेका दिपक मनाङ्गेले लगानी गर्ने नयाँ फिल्मको नाम भने खुलाइएको छैन ।

फिल्म निर्माणका लागि उत्तरगया फिल्मस् प्रा.लि र सविन फिल्मस् प्रा.लि यही गएको आइतबार सहकार्य गर्ने सम्झौता भएको हो । बेनाम उक्त फिल्ममा सबै लगानी दिपक मनाङ्गे रहने भएको छ ।

गण्डकी प्रदेशका पूर्वखेलकूदमन्त्री समेतका रहेका दिपक मनाङ्गेले यसअघि लागनी गरेका फिल्मले व्यवसायी सफलता हासिल गर्न सकेन ।

अहिले आएर अभिनेता सविन श्रेष्ठसँगको सहकार्यमा नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । दिपकसँग फिल्म निर्माणमा सहकार्य गर्ने सम्झौता भएको सविनले बताए । सविन फिल्मस् प्रा।लिका अध्यक्ष तथा अभिनेता सविन श्रेष्ठले भने, ‘दिपक दाईसँग फिल्म निर्माण गर्ने सहकार्य भएको छ ।

फिल्ममा उहाँकै सबै लगानी रहने छ । उनले चाँडै पत्रकार सम्मेलन गरेर फिल्मको नाम र कलाकार सार्वजनिक गर्ने बताए । ‘कलाकारहरु पनि निश्चित जस्तै भइसकेका छन्’ अभिनेता श्रेष्ठले भने, ‘तर, अहिलेलाई सस्पेन्स नै राखेर पत्रकार सम्मेलनमा जानकारी गराउने छौँ ।’

यसअघि ‘गुण्डा नाइके’का रुपमा समेत चर्तित दिपक मनाङ्गेको जीवनमा फिल्म ‘मनाङ्गे’ बन्ने चर्चा चलेको थियो । तर, त्यसबेला चर्चा मात्र चल्यो, फिल्म अझै बनेको छैन । सम्भवत: अबको फिल्म ‘मनाङ्गे’ पनि हुन सक्छ । तर, निर्माण पक्षले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्