Logo
Logo

मधेस प्रदेश : माओवादीका दुई मन्त्रीले आज शपथ लिदैँ



जनकपुर । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले आज (मंगलबार) १ बजे शपथ लिँदै छन् ।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्