Logo
Logo

मधेश सरकारले पायो पूर्णता



जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस सरकारले पूर्णता पाएको हो ।

आज (मंगलवार) माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । माओवादीका सुनिता यादव उद्योग वन तथ पर्यटन मन्त्री र रहबर अंशारी राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादव पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

मधेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्