Logo
Logo

महिना दिनमै ढल्ने अवस्थामा सुदूरपश्चिम सरकार


1.6k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले समर्थन गर्न नसकिने बताएकी हुन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार ढल्न सक्ने अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । जसमा कांंग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना सांसद छन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउनका लागि कांग्रेस र नागरिक उन्मुक्ति पार्टीमध्ये एउटा पार्टीको मत अनिवार्य छ । त्यस्तो नभएमा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित सबैले मत दिनुपर्छ । तर, एकीकृत समाजवादी पनि विश्वासको मत नदिने बताइसकेको छ ।

सुदूरपश्चिम एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले आफहरुलेूले सरकारलाई विश्वासको मत नदिने बताए । उनले भने, ‘हामी विश्वासको मत दिन्नौँ । सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ ।’ यसअघि विश्वासको मत माग्न मुख्यमन्त्री रावलले पटक पटक केन्द्रमा धाएका थिए । एमोलेका रावल सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

उनी एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्