Logo
Logo

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


945
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । आज (बुधबार) ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा पर सार्दै दिउँसो १ बजे बस्ने तय भएपनि विषेश कारण देखाउदै भोली (बिहिबार) सम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सचिवालयले सुचना जारी गर्दै आजको बैठक स्थगित भएको जानकारी दिएको हो । ’०७९/१०/२५ गते दिनको १ः०० बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको सातौँ बैठक विशेष कारणवश स्थगित भई माननीय सभामुखज्यूको आदेशानुसार मिति २०७९/१०/२६ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको हुँदा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्युहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ सचिवालयको सूचनामा भनिएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे थियाे । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

मुख्यमन्त्री रावललाई नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ ।

सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ ।

नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ ।

उन्मुक्ति पार्टीको उक्त अडानसँगै मुख्यमन्त्री रावल नेतृत्वको प्रदेश सरकारको भविश्य अन्यौल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्