काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री शाहले आजै सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्दै छन् । शाह नेतृत्वको सरकारमा एकीकृत समाजवादीले नरेश शाहीलाई पठाउने भएको हो । उनी बाजुराबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् । नेपाली कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ ।











