Logo
Logo

एकीकृत समाजवादी सरकारमा सहभागी, नरेश शाही बने मन्त्री


3k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहीले शपथ लिएका हुन्।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

गएको पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन ।

यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरूले पनि प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्