Logo
Logo

‘रामलीला’ १० फागुनमा मात्रै !



काठमाडौं, २९ पुस । नेपाली फिल्म ‘रामलीला’ले आफ्नो निर्धारित प्रदर्शन मिति सारेको छ । यसअघि २५ माघमा रिलिज मिति तय गरिएको थियो । तर, फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछि प्रदर्शन मिति सारिएको जनाइएको छ । अब यो फिल्म आउँदो १० फागुनमा मात्र रिलिज हुने भएको छ ।
फिल्मकी अभिनेत्री तथा निर्मात्री दिपशिखा खड्काले रिलिज मिति सारिएपछि भनिन्, ‘भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएकाले सारिएको हो ।’ उनले वितरक कम्पनी र निर्माण टिमबिच १० फागुनमा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमति भएको बताइन् ।
अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फस्र्टलुक र दुई गीत सार्वजनिक भइसकेका छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिनकार्की र रबिराजशाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंलश्री वास्तवलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्